०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २६, २०७७

सप्तरी – कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । कतिपय विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि उच्च सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

हाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा मन्त्रालयद्वारा बुधबार जारी सूचनामा ‘काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय समूहमा संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन’ अनुरोध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम बढेका ठूला सहरमा सार्वजनिक यातायात वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ अनिवार्य पालना गर्न गराउन आग्रह गरिएको जानकारी दिए ।
ठूला सहरमा ५ सयभन्दा बढी र सानामा सयभन्दा बढी सक्रिय संक्रमित देखिएको अवस्थामा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाले पनि जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्नेछ । संक्रमण बढी जोखिम हुने स्थानमा ‘¥यान्डम एन्टिजेन’ परीक्षण बढाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी, बुधबार देशभर ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २ सय ९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै देशभर कुल संक्रमित संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ । हाल, ६५ जना क्वारेन्टाइनमा छन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]