२४ कार्तिक २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

उदयपुरको कटारी नगरपालिकाले नगरका सबै वडाका महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

नगरपालिका उपमेयर भीमकुमारी राउतका अनुसार नगरका १४ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या भए-नभएको पत्ता लगाउन शिविर चलाइनेछ ।नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी शिविर सुरु गरिएको उपमेयर राउतले बताइन् । शिविरमा स्वास्थ्य परीक्षण गर्न कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजकुमार गजमेरको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका छन् । परीक्षणबाट गम्भीर खाले क्यान्सर तथा आङ खस्ने समस्या देखिए नगरपालिकाले समन्वय गरी उपचारमा सघाउने उपमेयर राउतले जानकारी दिइन् । ‘अवस्था हेरेर उपचारमा सहयोग गर्नेछौँ’, राउतले भनिन्, ‘पछिल्लो समय महिलालाई यो रोगले सताइरहेको छ ।’

उपमेयर राउत आफैं शिविरमा खटिएकी छन् । मंगलबार १० नम्बर र बुधबार ९ नम्बर वडामा शिविर सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]