२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

तीन वर्षदेखि छोरी बलात्कारमा गरेको अभियोगमा सौतेलो बाबु पक्राउ परेका छन् । गत २७ फागुनमा श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । अहिले उनी ललितपुर प्रहरी परिसरको हिरासत कक्षमा छन् ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए । ‘अपांगता भएकी बालिका बलात्कार भएको मुद्दामा अनुसन्धान हुँदै छ । आरोपित सौतेलो बाबु पक्राउ परेका छन् । अनुसन्धान सकिएपछि मात्र सबै कुरा टुंगो लाग्छ,’ उनले भने ।छोरीले आमा समृद्धि शर्मा (परिवर्तित नाम) लाई पठाएको एसएमएसका आधारमा ती व्यक्तिको हर्कत खुलेको थियो । ‘छोरी शारीरिक रूपमा अशक्त छिन् । थाइराइडका कारण गोडा चल्दैन । नियमित औषधि खानुपर्छ । नानी सानो हुँदा मेरा श्रीमान्ले कहिल्यै वास्ता गरेनन् । तर, तीन–चार वर्षयता अस्वाभाविक माया देखाउँथे,’ समृद्धिले नयाँ पत्रिकासँग अपत्यारिलो लाग्ने दुःखको पोको फुकाइन्, ‘म दंग थिएँ । जब छोरीको एसएमएस पढेँ, छाँगाबाट झरेझैँ भएँ । तीन वर्षदेखि छोरीमाथि यस्तो कुकर्म गर्दै आएको रहेछ । मैले भेउसम्म पाउन सकिनँ । अहिले आफैँलाई धिक्कार्न मन लागेको छ ।’

१६ वर्षीय बालिका ललितपुरकै स्थानीय बोर्डिङ स्कुलमा पढ्छिन् । आमा समृद्धि ललितपुरमै कफीसप चलाउँछिन् । समृद्धिका अनुसार ५९ वर्षीय सौतेला बाबु बेरोजगार भएकाले सधैँ घरमा बस्थे । बालिकालाई स्कुल लैजाने र ल्याउने काम उनले नै गर्थे ।समृद्धिले भनिन्, ‘छोरीलाई कहिले महँगो सामान किनेर दिन्थ्यो । कहिले जंकफुड किनेर खुवाउँथ्यो । कहिले पैसा दिने गथ्र्यो । छोरीलाई माया गर्न थालेको ठानेर म पनि खुसी थिएँ, तर यसभित्र लुकेको कुकर्म यस्तो रहेछ ।’ पिता ठानिएका व्यक्तिबाट लगातार बलात्कृत हुन बाध्य बालिकाले घटनाबारे कसैलाई बताउन सकिनन् । तर, उनका स्वभावमा परिवर्तन थिए ।

समृद्धि सम्झिन्छिन्, ‘यस्तो पीडा भोगिरहेकाले रहेछ, ऊ मसँग पनि स–सानो कुरामा झर्किन्थिन्, मेरो पीडा कसैले बुझेन भनेर रुन्थिन्, मर्न चाहन्छु भन्थिन्, मैले समयमै उनको पीडा बुझ्न सकिनछु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]