०२ आषाढ २०८१, शनिबार
wait Please...

एस.एन.यादब

बिहिबार, कार्तिक २०, २०७७

सप्तरी – सप्तरीमा काेरोना संक्रमणबाट एक महिलासहित थप तीन जनाको अाज मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत एक महिलासहित दुई जना र बिराटनगर स्थित म्याक्स अस्पतालमा एक जना गरी थप तीन जनाको मृत्यु भएको हाे ।
जिल्लाको विष्णुपुर गाउँपालिका वार्ड न.२ घरभई हाल राजविराज नगरपालिका वडा न.१ बस्ने २३ वर्षीया महिलाको अाज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेको थियो । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले जानकारि दिनुभयाे । करिब एकसाता अगाडी नै उक्त रोगको उपचारको लागि प्रतिष्ठानमा भर्ना भएको प्रमुख यादवले बताउनुभयाे ।
त्यस्तै राजविराज नगरपालिका वडा न.८ का ६५ वर्षीय पुरूषको पनि प्रतिष्ठानमै मृत्यु भएको छ । गत १५ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको पुरुषलाई सोही दिन अस्पताल भर्ना भएका थियो । यस्तै जिल्लाकाे महदेवा गाउँपालिका वडा न. ४ बस्ने ३० वर्षीय एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको छ । बिरानगर स्थित म्याक्स अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यता मृतक तीनै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको जनाइएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]