२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक २०, २०७७

सप्तरी – धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर भइ आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आईसीयूमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमासमेत आईसीयू नहुँदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा सुनसरी, मोरङका ठूला अस्पतालमा पुर्याँने गरिएको छ । आईसीयूको उपचार खर्चिलो हुँने भएकाले नगरबासीको ज्यान बचाउनका लागि उपचारमा केही मात्रामा भएपनि सहयोग गर्न लागिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

‘कोरोना संक्रमण बढिरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था जटिल भयो भने आईसीयूमा पनि राख्नुपर्ने हुनसक्छ,’ नगर प्रमुख नेपालले भने–‘आईसीयूको उपचार खर्चिलो हुँने भएकाले बिरामीको परिवारलाई उपचार खर्च धान्न गाह्रो हुने हुँदा यस्तो बेलामा सहायता दिउँँ भनेर उपचार खर्च उपलब्ध गराउन लागेका हौं ।’

कोरोना संक्रमितको उपचारमा केन्द्र सरकार पछि हटेका बेला स्थानीय सरकारको रुपमा रहेको नगरले महालक्ष्मीबासीलाई संकटमा साथ दिने निर्णय लिएको हो । त्यस्तै महालक्ष्मी नगरले लक्षणयुक्त नगरबासीहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । लक्षण देखिएकाहरुलाई नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउँछन् । संक्रमण पुष्टि भएमा पीसीआर ल्याबमा परीक्षण बापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले बताए । अहिले सरकारले पीसीआर परीक्षण बापत २ हजार रुपैयाँ शुल्क तोकेको छ । नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पुष्टि हुँने महालक्ष्मी नगरबासीले परीक्षणमा १ हजार मात्र खर्चिनुपर्ने भएको हो ।

नगरबासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन किट (भीटीएम) को व्यवस्था पनि नगरपालिकाले नै मिलाउने भएको छ । धनकुटामा पीसीआर ल्याब नभएकाले तराईका जिल्लाका ल्याबमा स्वाब पुर्याउँदा लाग्ने ढुवानी खर्च पनि नगरले नै बेहोर्नेछ । त्यस्तै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]