
कञ्चनपुर प्रहरीले बहुबिवाह मुद्धाका फरार प्रतिबादी १ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलिले भीमदत्त नगरपालिका १४ बस्ने बहुबिवाह मुद्धाका प्रतिबादी कमला देबी बिष्टलाई पक्राउ गरेको हो।
बहुबिवाह मुद्धामा जिल्ला अदालतको मिति २०६६ कार्तिक ११ गतेको फैसलाले १ बर्ष कैद पाँच हजार जरिवाना भई लगत बसेका प्रतिबादि बिष्टलाई घरमै लुकीछिपी बसेको अबस्थामा फेला पारी अदालत मार्फत कैद भुक्तानको लागी कारागार चलान गरीएको प्रहरीले जनाएको छ।