१७ कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै सेनाले मानिसहरुलाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् ।एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० जनाको मृत्यु भइसकेको छ । गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए ।

सेनाले निर्मम तरिकाले प्रदर्शनमा निस्किएका मानिसहरुमाथि गोली चलाउन थालेसँगै आन्दोलनलाई साथ दिइरहेको प्रमुख समुह जनरल स्ट्राइक कमिटि अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समुहहरुलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै तीन अल्पसंख्यक समुहले निर्दोष नागरिकहरुलाई निर्मम तरिकाले मार्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।मंगलबार थाइल्याण्डले पनि म्यानमारको सेनालाई मुलुकमा भइरहेको हिंसा कम गर्न आग्रह थरेको छ ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री डोङ प्रमुद्विनइले म्यानमारको सेनालाई यस्तो आग्रह गरेका हुन् । साथै थाइल्याण्डले म्यानमारबाट भागेर आफ्नो मुलुकमा आएका शरणार्थीलाई पनि फिर्ता पठाउन अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]