गुल्मी – देवरद्धारा भाउजु बलात्कारको सिकार भइन्। चैत १४ गते राती गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराईमा काठमाडौबाट घर आउँदै गरेका देवरले बाटैबाट फोन गरेर खान पकाएर राख्न भाउजुलााई आग्रह गरेका थिए।
एक जना स्थानीय भन्छन्, ‘साँझ घर आएका भाउजुले देवरलाई खान खुवाई सकेपछि घरको तलामा सुत्न गएकी भाउजुलाई झ्यालको डन्डी फोडेर भित्र पसेर बलात्कार गरेपछि उनी भागेर हिँडे। उता भाउजु अर्थनग्न अवस्थामा गाउँमा गुहार माग्न हिँडिन्।’प्रहरी अनुसन्धानबाट सुरुमा देबरले पहिला बाटोमा दाजुलाई फोन गरेर सोधको थिए, दाजु कता हुनुहुन्छ? दाजुले बाग्लुङ्गको दाँगामा काम गर्न आएको छु भनेपछि उनी दाईको घर पुगेका थिए।घरमा एक्लै रहेकी भाउजुलाई बलात्कार गरि सकेपछि भागेका उनलाई सोमबार बिहान बामीटक्सारबाट पक्राउ गरिएको गुल्मी जिल्लाका प्रहरी प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिए।
उनलाई सोमवार नै जिल्ला अदालमा पेश गरि ७ दिन म्याद थप गरिएको पाण्डेले बताए। स्थानीयका अनुसार यसअघि ति देवरले एकजना समाजसेवीको ६० हजार नगद चोरी गरि काठमाडौंतर्फ भागेका थिए।