प्रहरीले काभ्रेली समूहका दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ५ गहनापोखरीबाट प्रहरीले काभ्रेली समूहमा रहेर आपराधिक कृयाकलपामा संलग्न दुई जनालाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे नमोवुद्ध नगरापालिका ११ घर भइअहिले काँडाघारी बस्दै आएका अनन्त तामाङ र शिखर आम्बो रोशी गाउँपालिका ३ घर भइ काँडाघारी नै बस्ने २७ वर्षीय पोटे लामा रहेका छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट पेस्तोल, ५ राउण्ड गोली र एक म्यागजीन गोलीसहित बरामद गरिएको छ । यस्तै २२० पल्सर प्रदेश नम्बर ३ ११ प ४३१५ नम्बरको मोटरसाइकल पनि बरामद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु नक्कली सुन तथा बुद्ध चित्रको लुटपाटमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ।