२९ मंसिर २०८२, आइतबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, चैत्र १३, २०७७

सप्तरी – सप्तरीमा एक जना बिरामीलाई भेट्न आएकी महिलासँग चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा भएका छन् ।

सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पताल प्रालिमा कार्यरत चिकित्सक डा. राजन जयसवालले एक जना बिरामीलाई भेटन आएका महिलासँग यौन दुव्र्यबहार गरेका हुन् । पीडित महिलाका अनुसार जयसवालले आफ्नो कार्यकक्षभित्र बोलाएर आफनो कपडा खोल्न लगाई अंग सुम्सुम्याउन थालेका थिए । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ७ निवासी ३२ बर्षीया महिलाले अस्पतालमा दुई दिन अघि प्रसुती भएकी आफ्ना नन्दलाई भेट्न आएकी थिइन् । नन्दको कोखबाट जन्मिएको भान्जीलाई चेकजाँच गराउन जाँदा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथि यौनदुव्र्यहार गरेको बताइन् ।‘मसँगै आएका मेरो पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरे’ उनले भनिन्, “डाक्टरले नै यस्तो काम गरेपछि चिच्याउन थाल्दा अन्य मानिसहरु भित्र आएका थिए ।”भान्जीलाई जाँच्ने क्रममा डाक्टरले आफ्नो वैवाहिक अवस्थाबारे सोध्दा आफूले चार बर्षअघि बिहे गरेको र हालसम्म सन्तान नभएको बताएपछि डाक्टरले भित्री वस्त्र खोलाई शरीरको संवेदनशिल अंगहरुमा हात हालेको ती महिलाको भनाई छ ।

महिलामाथि उपचारमा संलग्न एक डाक्टरले नै आपत्तिजनक व्यवहार गरेको भन्दै अाज यो अस्पतालमा लामो समयसम्म तनावग्रस्त बनेको थियो ।यता आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । ‘यसबारे पीडित पक्षले मौखिक जानकारी समेत गराएका छन्’ उनले भने, “थप अनुसन्धान शुरु गरेका छौं ।”यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गर्ने डाक्टरलाई छिन्नमस्ता अस्पतालले निलम्बन गरेको छ ।

घट्ना बाहिरिए लगत्तै अस्पताल व्यवस्थापन समितिले डा. जयसवाललाई निलम्बन गरेको बिज्ञप्ती मार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]