सप्तरी – सप्तरीमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका स्थित जोगिनियाँ वडा नम्बर १ बस्ने ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउतले जानकारी दिए ।
मोरङ्गमा शिक्षण पेशामा संलग्न उनलाई ज्वरो र टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते विराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार मृत्यु भएको उनले बताए ।
उनी लामो समयदेखि सुगर र ब्लडप्रेसरका अतिरिक्त मिर्गौलामा समेत असर भएपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ । न्युरो अस्पतालले कार्डियोपल्मोनरी अरेष्ट (अघात) का कारण उनको मृत्यु भएको मृत्यु प्रमाणपत्रमा उल्लेख गरेको इन्सपेक्टर राउतले बताए ।