सप्तरी – सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०६ फुलकाहीबाट सशस्त्र प्रहरीले अवेध समान बरामद गरेकाे छ ।
सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टको कमान्डमा खटिएको प्रहरी द्वारा अबैध कपडा बरामद गरिएको हाे। सशस्त्र प्रहरी बोदे बर्साईनबाट खटिएको टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको समानहरुमा जेन्स सेन्डो ४०० पिस , लगभग ४८ हजार मुल्य बराबरको सामान रहेको छ।उक्त समान आवश्यक कार्यवाहीका लागी राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिएको छ।
उक्त समानको ४८ हजार मुल्य पर्ने सशस्त्र बेस क्याम्प प्रमुख प्रहरी निरीक्षक बिष्टले जानकारी दिएका छन्।