सप्तरी – सप्तरीमा एक बालिकालाई बलात्कार गरेकाे अाराेपमा एक अाराेपितलाइ १३ बर्ष पछि पक्राउ परेको हो ।
वालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएर फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ३ का ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको हाे । प्रहरी चौकी को.बरसाईनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मुखियाले २०६४ असोज ९ गते साविक को.बरसाईन गाविस–४ की एक १० वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गरी १३ वर्ष कैद फैसला गरेको थियो ।
यता खोज तलाश गर्ने क्रममा पक्राउ गरिएको मुखियालाई अाजे अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।