२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा रेडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले महाकुलुङ २ बस्ने ७६ बर्षिय जगतबहादुर राई, वडा नम्बर ३ बस्ने ५७ बर्षिय मितुरधन राई र ५६ बर्षिया कविर शंखर राईलाई उनीहरुका घरैबाट पक्राउ गरेको हो ।

अभियुक्तहरुको साथबाट रेड पाण्डाको सात थान छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच थान पासो बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई कानुनी कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज पठाइने प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।रेडपाण्डाको चोरी शिकारी र तस्करीमा ठूलै गिरोह संलग्न रहेको तथा चीन र बर्मासम्म तस्करी हुने गरेको तथ्य फेला परेको पनि डिएसपि कटवालले बताउनुभयो ।

अभियुक्तहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपियाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]