२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

जनकपुरधाम – सिरहामा अपहरण गरी फिरौती रकम नदिँदा हत्या भएको घटना बाहिर आएको छ । मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको पाइएको छ ।

मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्रदेब यादवसँग मिलेर हत्या गरेको प्रदेश २ प्रहरी कार्यालयले प्रमुख धिरज प्रताप सिँहले जानकारी दिए । प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको हो ।बिष्णु र ईन्द्र देबलाई अपहरण फिरौतीसहित प्राविधिक प्रमाणसहित पक्राउ गरेको बुझिएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

मृतक यादवका दाई केहीदिन पहिले वैदेशिक रोजगारबाट घर आएको समयमा अपहरण गरी फिरौती मागेका थिए । परिवारजनले फिरौती तिर्न नसक्दा गत आइतबार यादवको हत्या गरी मिर्चैया १ स्थित आँप बगैचामा शव फालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]