भारतका विभिन्न सहरमा कोरोना महामारी फैलिएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो ४–५ दिनको अवधिमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको कैलाली जिल्ला प्रशासनले पुष्टि गरेको छ । कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा आदेश जारी गर्ने तयारी पनि गरेको छ । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि जिल्लामा सतर्कता बढाइएको हो ।
होली पर्वमा पनि भिडभाड गर्न नदिने जिप्रकाको तयारी छ । कैलाली र कञ्चनपुरको सीमा नाकामा सुदूरपश्चिम प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ ।