१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १०, २०७७

वीरगंज – दक्षिण भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम चलिरहदा वीरगंजमा सतर्कता अपनाउन थालिएको छ। कोरोना महामारीको दोस्रो लहर शुरु भएको आँकलनसहित स्थानीय प्रशासन सीमा नाकामा कडाईको साथै कोरोना महामारीसँग जुध्न तयारीमा जुटेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नगर्न भनेको छ। त्यस्तै, नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशन समेत दिइएको केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलामा बसेको बैठकमा सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता परेको अवस्थामा नेपाली सेनालाई समेत परिचालन गर्न सकिने केन्द्रले गरेको निर्णयमा उल्लेख छ। साथै, वीरगंज भन्सार नजिकै हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय भएको बताइएको छ।

त्यसैगरी, नारायणी अस्पतालमा १५ शय्या, पोखरीया अस्पताल बगही र भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ५-५ शय्याको आइसोलेसन वार्डको लागि पनि तयारी गर्न पनि निर्णय गरिएको छ। एक सातामा वीरगंजमा १४ जना संक्रमित देखिएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बाबा होटलको कोभिड अस्पतालको लागि पनि सरकारसँग स्वीकृतिको लागि माग गर्ने निर्णय भएको प्रजिअ तमाङले बताए।

बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्जय ठाकुर, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणालगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]