१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

म्यानमारमा सेना निकट जुन्ता सरकारले सैन्य शासन लागू भएयता ४० पत्रकारलाई पक्राउ गरेकाे छ। बीबीसीका अनुसार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुकाे समाचार संकलन गर्न पुगेका ती पत्रकारहरुलाई सुरक्षा फाैजले पक्राउ गरेकाे हाे।

पक्राउ परेका मध्ये २४ रिहा भएपनि १६ पत्रकार अझै कारागारमा रहेकाे बीबीसीकाे दावी छ। शुक्रबार मात्रै सुरक्षा फाैजले बीबीसीका ​बर्मिज सेवाका पत्रकार अउङ थुरा पक्राउ गरेकाे थियाे।राजधानी नेपिडोमा रहेकाे एउटा अदालतबाहिरबाट उनलाई सादा पोशाकमा आएका पुरूषहरूले शुक्रबार नियन्त्रणमा लिएकाे जनाइएकाे छ। बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता छन्‌। उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ।​म्यानमारको सैनिक निकट जुन्ता सरकारले बुधबारदेखि सबै स्वतन्त्र पत्रिकाहरू बन्द गराएको छ। यसअगाडि पनि सेनाले सैन्य ‘कू’विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिजिमा र सात दिनको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो। यद्यपी करिब ५० वटा मिडियाले आफ्नो रिपोर्टिङ जारी राख्ने बताएका छन्।

अब बर्मीलीहरुको सूचनाको भरपर्दो स्रोतका लागि अनलाइन मिडिया मात्रै अन्तिम लाइफलाइन बनेको छ। अहिले केही सेना समर्थित अनलाइन मिडिया मात्रै सञ्चालनमा छन्। तर, इन्टरनेटमा छेडछाड गरेसँगै त्यहाँका नागरिक विद्युतिय सञ्चारमाध्यमबाट बञ्चित भएका छन्।सेनाले जारी आन्दोलनलाई बिफल बनाउन फेसबुक, ट्वीटर र युट्युव जस्ता सामाजिक सञ्जालमा पनि कडाइ गरेको छ।

ज्यान गुमाउनेकाे संख्या २३४ नाघ्याे ;
म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या २३४ नाघेकाे छ। शुक्रबार भएकाे प्रदर्शनकाे क्रममा ९ इन्डाेनेसियाली नागरिककाे मृत्यु भएसँगै मृतककाे संख्या २३४ नाघेकाे राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी)ले जनाएकाे हाे।

शुक्रबार मध्यवर्ती शहर आङ्गबानमा प्रदर्शनकारीले गरेकाे अवरोध हटाउन खोज्दा सुरक्षा फौजले चलाएकाे गोली लागेर ९ इन्डाेनेसियाली नागरिककाे मृत्यु भएकाे थियाे।प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुको भिड्लाई हटाइरहेको बेला सुरक्षा फौजले गोली चलाएको हो। ‘उनीहरु अवरोधहरू हटाउन आएका थिए तर, प्रदर्शनकारीहरुले प्रतिरोध गरे। नजिकै रहेका सुरक्षा फौजले भिड तितरबितर बनाउन उनीहरूमाथि गोली प्रहार गरे,’ पहिचान लुकाएर एक प्रत्यक्षदर्शीले टेलिफोनमा भने।यता उत्तर पूर्वी शहर लोइकावमा एक प्रदर्शनकारीको मृत्यु भएको म्यानमार नाउले जनाएको छ। यस्तै योङ्गुनमा एक व्यक्तिलाई गोली हानेर हत्या गरेको दावी गरिएको छ। तर, घटनाको पुष्टि हुन सकेको छैन।

फ्रेबुअरी १ देखि हालसम्म २३ सय ३० भन्दा बढी प्रदर्शनकाहरु गिरफतार भएकाे बताइएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]