१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौँ – मोटोपन घटाउँने औषधिको नाममा ‘ग्रीन कफी’ बेचेर ठगी गर्ने एक विदेशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो ।आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेको प्रहरीले जनाएको छ । आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै भ्रामक प्रचार गराएको प्रहरीले जनाएको छ ।आचार्यले ग्रीन कफी खाएपछि विना औषधि, बिना व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलोसम्म वजन घट्ने भन्दै भ्रामक प्रचार सामाजिक सञ्चालमा पोष्ट गरेका थिए ।

आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६४४ केजी, तयारी अवस्थाको १०० ग्राम हरियो कफी, २ हजार ८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैयाँ र २ थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]