सप्तरी – पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकामा अवेध लागू अाेषधका अाेसार पाेसार गर्नेहरुकाे सङ्ख्यामा बृद्धि भएको छ ।
यसे क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाबाट अवैध लागु औषध सहित जिल्लाकाे राजविराज नगरपालिका वडा नं. १ निवासी रमेश कुमार दासलाई पक्राउ गरेको हो । पक्राउ परेको दासको संगबाट लेजिसिक ५१ एम्पुल, फेनारगन ५१ एम्पुल, डाइजेल्याब ५१ एम्पुल सहित जम्मा १ सय ५३ एम्पुल लागु औषध बरामद गरिएको छ ।
यता पक्राउ परेको दास उपर लागु औषध मुद्दा गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।