०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

चितवन राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मारेको अभियोग लागेका आरोपितहरु धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लोपटक यही चैत २ गते थप एक जना आरोपित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरको टोलीले गैँडाकोट नगरपालिका–४ का जुठे भन्ने मेखबहादुर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ पश्चात उनलाई नवलपुर जिल्ला अदालतमा पेश गरिएको थियो । चैत ४ गते बुधबार अदालतबाट थुनछेक आदेश भई उनलाई पूर्पक्षको लागि परासी कारागार चलान गरिएको छ ।निकुञ्ज र प्रहरीको सक्रियताले पछिल्लो समय धेरैजसो फरार प्रतिवादीहरु पक्राउ पर्न थालेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सञ्चारपत्रलाई बताउनुभयो । ‘विशेष निगरानीमा राखेर अभियुक्तहरुलाई पक्राउ गर्न थालेका छौँ’–बरालले भन्नुभयो । निकुञ्जमा गैँडालगायत वन्यजन्तु मारेको आरोपमा पछिल्लो तीन महिनामा मात्रै २३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये दुई जना सालकको खपटासहित पक्राउ परेका हुन् भने २१ जना गैँडा तस्करको आरोपमा पक्राउ परेका छन् । गैँडा मारेको अभियोगमा पक्राउ परेकामध्ये दुई जना दोषी ठहर भएका व्यक्ति हुन् । निकुञ्जमा गैँडाको खाग चोरी निकासी गरेको आरोपमा गत पुस १३ गते नवलपुरको स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भन्ने जितबहादुर कुमाल, इन्द्रमाया कुमाल, शिवनारायण महतो, विष्णु माया गुरुङ, हरिप्रसाद थारु र अशोक भन्ने सुकबहादुर गुरुङ पक्राउ परेका थिए ।पुस महिनामै दुर्गाबहादुर सोमे, केबरबहादुर बल, शुक्रप्रसाद तामाङ र शनिचर महतो पक्राउ परे । सजाय सुनाएको १५ वर्षपछि महतोलाई पक्राउ गर्न सफल भएको हो । महतो पक्राउ पर्नुअघि सूर्य महतो भन्ने सुरज चौधरी पक्राउ परेका थिए । चौधरी पनि दोषी ठहरिएर फरार भएका थिए ।

त्यसपश्चात निरन्तरत आरोपितहरु पक्राउ पर्न थाले । त्यसको एक महिना पश्चात माघ ४ गते गैँडाको खाग बिक्री गरेको आरोपमा गोरखाको नयाँ बजार–७ बस्ने कैलाश आले मगर भन्ने कैलाशबाबु आले, तारा चेपाङ भन्ने विरमान सिंह प्रजा, सोमबहादुर गुरुङ, दुर्गा बहादुर सार्की, नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, ताङ्गे तामाङ लामा, हरिबहादुर मगर, योञ्जन भन्ने छिरिङ लामाको नामले चिनिने योन्देन याम्जो तामाङ पक्राउ परे । निकुञ्जले उनीहरुलाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक ग¥यो । यसमा निकुञ्ज, नेपाली सेना र नेपाल प्रहरीको सिआईबीको टोलीको महत्वपूर्ण योगदान रह्यो ।फागुन महिनामा थप चार जना पक्राउ परे । जसमा राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, आशिष लामा भन्ने आइत तामाङ, ज्वाला भन्ने ज्ञानबहादुर रुम्बा र सुदिप गिरी छन् । लगातार तीन वर्ष जिरो पोचिङ वर्षको रुपमा मनाइए पनि पछिल्लो वर्ष धमाधम गैँडा मर्न थालेपछि निकुञ्जलगायत सरोकारवालाई गम्भीर बनाएको छ । ‘गैँडा धेरै मर्न थालेपछि हामीलाई गम्भीर बनाएको छ’ प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ‘खोजतलासलाई सक्रिय बनाउँदा पुराना तस्कारहरु पनि समात्न सफल भएका छौँ, यो हाम्रो सफलता पनि हो ।’

चालु वर्षमा २२ गैँडा मरे :
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७७/७८ मा २२ वटा दुर्लभ एक सिङ्गे गैँडा मरेका छन् । निकुञ्जका अनुसार चालु आवमा कालगतीका कारण १८ वटा गैँडा मरेका छन् भने चार वटा गैँडा चोरी शिकारीका कारण मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले एउटा गैँडाको खागको लागि तस्करले अन्य तीन वटा गैँडा मारेको बताउनुभयो । पछिल्लो वर्षमा एक सय भन्दा बढी गैँडा तस्करीमा संलग्न भएर जेलजीवन बिताएकाहरु छुटेका कारण उनीहरुकै संलग्नतामा तस्करी भएको हुन सक्ने आशङ्का गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा २५ वटा गैँडा मरेका थिए भने आव २०७५/७६ मा सबैभन्दा धेरै ४३ वटा गैँडा मरेका थिए भने २०७४/७५ मा २४ वटा गैँडा मृत भेटिएका थिए । २०७२ वैशाखमा गरिएको गणनामा देशभर ६४५ वटा गैँडा रहेको थिए भने चितवन मात्रै ६०५ वटा गैँडा रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]