३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

विश्व ब्यांकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद गर्न तथा महामारीसँग जुध्नका लागि करीब रु. ८ अर्ब ७० करोड वित्तीय सहयोग गर्ने भएको छ।

ब्यांकको कार्यकारी बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै कोभिडविरूद्धको खोप वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो। यो रकमले कम्तिमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने ब्यांकले जनाएको छ। 

नेपाल, श्रीलंका र मल्दिभ्सका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालका कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि ब्यांकले सहयोग गर्न लागेको बताएका छन्।यो वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड–१९ का खोपहरूको खरिद तथा खोप विस्तार गर्नमा परिचालित हुने ब्यांकले जनाएकाे छ। बाँकी रकमले परीक्षण, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत गरिनेछ।

नेपालको लागि यो अतिरिक्त वित्त सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजनामध्ये एक हो। 
 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]