११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौ – जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् ।

होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो ।लालसरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् । तर उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष कैद र ६ महिना जेल सजायको फैसला गरेको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि पक्राउ गरेको छ ।प्रहरीका अनुसार लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका एक ५२ वर्षका पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएकी थिइन् ।त्यस क्रममा पुरुषको हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखाएर पैसा मागेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएको र थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएको एसपी कोइरालाले जानकारी दिए ।

लालसरी र उनकी साथीले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक गरिदिने धम्की दिने र बलात्कार आरोपसमेत लगाएर रकम असुल गरेको पाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]