तनहुँमा आफ्नै १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गर्ने अभियोगमा दाई पक्राउ परेका छन् ।
आफ्नै १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुक्लागण्डकी नगरपालिका-९ बस्ने २७ वर्षीय पुरुषलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।ती पुरुषले बहिनीलाई आइतवार राति र पहिले पनि पटक पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।