
सप्तरी – मुलुकभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक पुष्टि भएको संख्यासँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म नेपालमा तीन हजार १५ जनाको कोभिडका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै ५२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जनाएको छ ।
अहिले एक हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।