११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

बीबीसी – राष्ट्रपतिको कार्यकालभर डोनाल्ड ट्रम्पको कुल सम्पत्ति ७० करोड डलरले घटेको ब्लुमबर्गले खुलासा गरेको छ । कोभिड–१९ महामारीले उनको सम्पत्तिमा भारी नोक्सान गराएको बताइएको छ ।

महामारीको अवधिमा ट्रम्पका कार्यालय भवनहरु, ब्रान्डेड होटेल, रिसोर्ट सबैको आम्दानी र तिनको मूल्यमा समेत ठूलो गिरावट आएको हो । त्यस्तै, उनको स्वामित्वमा रहेका विमानहरु र गल्फ कोर्सको कुल मूल्य पनि घटेको थियो । अहिले ट्रम्पमाथि विभिन्न आर्थिक मामिला र उनको पारिवारिक व्यवसायसम्बन्धी अनुसन्धान भइरहेको छ ।ब्लुमबर्गले ट्रम्प राष्ट्रपति हुनुअघि र पछि उनको सम्पत्तिमा के–कति भिन्नता आयो भन्ने हिसाब निकाल्न सन् २०१६ मेदेखि जनवरी २०२१ बीचका उनका सबै वित्तीय कागजातहरुको अध्ययन र विश्लेषण गरेको थियो । ट्रम्पको व्यावसायिक घरजग्गाका अकाउन्ट उनको कुल सम्पत्तिको तीनचौथाइ हिस्सा हो । उनको नाममा रहेका तिनै अफिस टावरलगायत भवनहरुको मूल्यमा धेरै ठूलो गिरावट आउँदा कुल सम्पत्ति पनि प्रभावित भएको बताइएको छ ।

ब्लुमबर्गका अनुसार ट्रम्पको मुख्य व्यावसायिक सम्पत्तिको मूल्य २६ प्रतिशतसम्म घटेको हुनसक्छ । त्यस्तै, ट्रम्पले आफ्नो नामको ब्रान्डका थुप्रै होटेल, रिसोर्टसहित १९ वटा गल्फ कोर्सहरु पनि सञ्चालन गर्ने गर्छन् । महामारीको समयमा गल्फको लोकप्रियता बढे पनि स्कटल्यान्डका उनका दुई गल्फ कोर्सले लगातार पैसा गुमाउनु परेको थियो ।गएको जनवरीमा अमेरिकी संसद्माथि भएको हमलापछि अमेरिकाको प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए)ले ट्रम्पको न्यु जर्सी गल्फ कोर्समा आयोजना गर्ने भनेको २०२२ गल्फ च्याम्पियनसिप टुर्नामेन्टको सम्झौता रद्द गरेको थियो । त्यस्तै, १९९० को दशकमा कंगाल हुँदा ट्रम्पलाई ऋण दिन तयार एक मात्र बैंकले पनि अब उनीसँग कुनै किसिमको कारोबार नगर्ने बताइसकेको छ ।

ट्रम्पको नाममा बोइङ ७५७ सहित थुप्रै विमानहरु पनि छन् । तर, ती विमान दशकौँ पुराना हुन् । समयसँगै तिनको मूल्य पनि प्रत्येक वर्ष घट्दै गइरहेको ब्लुमबर्गको रिपोर्टमा देखिएको छ ।ट्रम्प राष्ट्रपति हुँदा उनको आर्थिक गतिविधि बारम्बार चर्चामा आइरहने गर्थ्यो । किनकि, उनी कर तिर्ने सम्बन्धमा एकदमै गोप्य रहँदै आएका छन् । तर, गत महिना सर्वोच्च अदालतले उनलाई करसम्बन्धी र अन्य वित्तीय रेकर्डहरु पनि हस्तान्तरण गर्न आदेश दिएको थियो । विगत आठ वर्षदेखि उनका व्यक्तिगत र कर्पोरेट डकुमेन्टहरु प्राप्त गर्ने प्रयास भइरहेको थियो । उनीमाथिको अनुसन्धान पहिले २०१८ मा सुरु भएको थियो । २०१६ को राष्ट्रपति चुनाव अभियानका समयमा उनले अवैध सम्बन्ध राखेका दुईजना महिलालाई चुप गराउन पैसा भुक्तान गरेको खुलासा भएको थियो ।

तर, अझै पनि पूर्वराष्ट्रपतिका रुपमा ट्रम्पले आफूले गुमाएको सम्पत्ति प्राप्त गर्न सक्ने बताइएको छ । उनले मिडियासँग विभिन्न ठूलो सम्झौता गर्न सक्छन् भने आत्मकथा लेख्दा त्यसबाट पनि मनग्य कमाइ गर्न सक्नेछन् । यसअघि, बाराक र मिसेल ओबामाले आफ्नो आत्मकथा किताबका लागि ६ करोड ५० लाख डलर प्राप्त गरेका थिए । बिल क्लिन्टनले २००४ को किताबका लागि एड्भान्समै एक करोड ५० लाख डलर पाएको जनाइएको थियो ।ब्लुमबर्गको रिपोर्टमा भने ट्रम्पले राष्ट्रपति पदपश्चात् आफ्नै समाचार च्यानल या सोसल मिडिया प्लेटफर्म खोलेर सबैभन्दा धेरै लाभ उठाउन सक्ने उल्लेख गरिएको छ ।

जुन उनलाई २०२० मा मत हाल्ने सात करोड ४० लाख मतदाताका लागि आकर्षक हुनसक्छ । उनको कुल सम्पत्ति अहिले २.३ अर्ब डलर रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]