३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौं – सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन्।

महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चन्द्रनिगाहपुर–९ मा निर्माण नै नभएको बहुतले अस्पताल भवन निर्माण सम्पन्न भएको भन्दै ४३ करोड ५५ लाख ६०९ संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ भन्ने व्यहोरा उल्लेख गरी किर्ते गरेको पाइएको छ।

यस क्रममा महर्जनले संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए।महर्जनले सरकारका विभिन्न निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा समेत किर्ते कागजपत्र प्रयोग गरेको ब्युरोले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्।

महर्जनको साथबाट आइफोन, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटर प्याड, मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको च.नं. १२६७ को थप रकम निकासा सम्बन्धी लेखिएको चिठीको छाया प्रति बरामद गरिएको पन्तले बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]