१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

धनगढी – धनगढीमा एक महिला घाँटीमा पासो लगाइएको अवस्थामा मृत भेटिएकी छन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी कमला रोकाया मृत भेटिएकी हुन्। ती महिला धनगढीस्थित विशालनगरको सौराई होटलमा श्रीमान् सँगै बसेकी थिइन्‌।​भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ वर्षकी रोकाया मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। उनी जग्गा खरिद गर्न धनगढी पुगेको बुझिएको छ।

उनी श्रीमान् सुजन रोकायासँग चैत १ गतेदेखि होटलमा बस्दै आएकी थिइन। सुजन भने फागुन २७ गते बाट नै होटलमा बसेका थिए। हिजो राति करिब १० बजे दुवै जना बाहिरबाट होटलमा पुगेका थिए। मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ। राती करिब १ बजे श्रीमतीको मृत्यु भएको भन्दै उनले होटलको गेटमा पुगेर सुरक्षागार्डलाई खबर गरेका थिए।

केही छिनपछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरेपनि उनले प्रहरीमा खबर गर्न आग्रह गरेपछि प्रहरी बोलाइएको थियो। कमलाको घाँटीमा पासो लागेको छ।मृतकका १ छोरा र १ छोरी छन्। दुवै सन्तानलाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन। प्रहरीले घटना शङ्कास्पद भनेको छ।

कमलाको शव अहिले पोस्टमार्टमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ। दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन्।प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]