सप्तरी – सप्तरीमा रिक्सा र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको बा.२१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एकआपसमा ठोकिदा ७ जना घाइते भएका थिए ।
गम्भीर घाइते जिल्लाकाे हनुमानगर कंकालिनी नगरपालिका वडा न. २ का ७० बर्षिय द्वारिकालाल दास र सोही नगरपालिका वडा नं. १ का ७० बर्षिय बद्री मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुबैजनाको कोशी अञ्चल अस्पतालमा उपचार क्रममा अiज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयाे ।
जिल्लाकाे कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बजार स्थित स्वर्गिया रामभरोसी गुप्ताको श्राद्धको भोज खाएर फर्किने क्रममा साधुसंतहरु सावार अटो रिक्सालाई कारले ठक्कर दिएको थियो । यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कायृ भइरहेको प्रहरीले जनाएको छ