२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई कञ्चनपुर प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।उनका अनुसार विक्रम संवत् २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विक्रम संवत् २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो । तामाङले उधारोमा १ हजार ५०० रुपैयाँमा भैंसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हँुदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो ।

वारदातपछि उनी फरार भएका थिए । पक्राउ गरेका तामाङलाई आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।तामाङले यसअघि विक्रम संवत् २०२१ सालमा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई विक्रम संवत् २०२८ सालमा बिरामी अवकास भई पेन्सन समेत लिने गरेको कुरा खुल्न आएकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]