स्याङ्जामा २७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ परेका छन्।
गाउँकै सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) पक्राउ परेका प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन दिँदै युवतीलाई जंगलमा लगेर बलात्कार गरेका हुन्। युवतीका आफन्तले घर्तीलाई जंगलमा रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।घटना दुई साताअघि कै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो। ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दोषीलाई कानुनी कारबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने।
पक्राउपछि घर्तीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।