०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरू भएको छ ।कोरोनाविरुद्ध खोप अभियान चलिरहेकै बेला भारतमा नयाँ संक्रमित ह्वात्तै बढेपछि सरकार चिन्तित बनेको छ ।

बढिरहेको संक्रमण नियन्त्रणको रणनीति बनाउन आज बुधवार दिउँसो १२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग बैठक गर्ने भएका छन् । जसमा खोप, लकडाउन र कर्फ्यूबारे चर्चा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बैठकका लागि मुख्यमन्त्रीहरूले समेत तयारी गरिरहेका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले खोपको प्रगति रिपोर्ट प्रस्तुत गर्ने सँगसँगै आवश्यक परे लकडाउनको समेत समर्थन गर्ने जनाइएको छ ।भारतको महाराष्ट्रमा सबैभन्दा बढी चिन्ताजनक अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देशभरका संक्रमितमध्ये ५०% अर्थात् आधा संक्रमित महाराष्ट्रमै देखिएका छन् । महाराष्ट्रमा कोरोनाको दोस्रो लहर शुरू भइसकेको सरकारले समेत स्वीकारेको छ ।

महाराष्ट्रमा हाल १ लाख ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् । मंगलवार मात्रै महाराष्ट्रमा १७ हजार ८६४ नयाँ संक्रमित थपिएका छन् ।प्रधानमन्त्री मोदीसँग छलफल हुनुअघि नै कतिपय शहरहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यू जारी भइसकेको छ । महाराष्ट्रका ६ शहरमा लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका ४ शहरमा रात्रिकालीन कर्फ्यू गरिएको छ । गुजरातका अहमदाबाद, वडोदरा, सूरत र राजकोटमा बुधवारदेखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएको छ ।मध्य प्रदेशका ८ शहरमा रात्रिकालीन कर्फ्यू लगाइएो छ । राति १० बजेपछि बजार र आवतजावत बन्द हुने आदेश गरिएको छ ।

पञ्जाबमा समेत ८ जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । आज दिउँसो हुने प्रधानमन्त्री मोदीको बैठकबाट थप लकडाउन र कर्फ्यूको आदेश आउनसक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]