१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

गुम्वाको नाममा चन्दा भन्दै रकम संकलन गर्दै ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका प्रहरीले जनाएको छ ।

उक्त स्थानमा लामा पोसाकमा टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका २ कटानी रौतहटको रसिद लिई अबैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेको भन्ने उजुरी पछि प्रहरी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]