२५ कार्तिक २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

बैंकमा पर्याप्त रकम नभएको जानीजानी खाली चेक काटेर दिने विजय कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले बैंकिङ कसूर मुद्दा फैसला सुनाए पनि फरार रहेका काठमाडौं महानगरपालिका १६ बस्ने तार्केश्वर नगरपालिका ३ जितपुर फेदी घर भएका ५७ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको हो । उच्च अदालत पाटनको २०७७ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र विगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले काठमाडौं काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

विजय कुमारले २०७७ असार १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको उनकै खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा विगो बमोजिम उक्त रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]