०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

सोलुखुम्बुमा दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित करिब ३७ सयलाई कोरोनाको खोप लगाइएको छ ।

२३ फागुनबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका तीन हजार ६ सय ६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । दोस्रो चरणको पहिलो अभियानमा महाकुलुङ गाउँपालिकामा ११ सय २२, सोताङ गाउँपालिकामा ६ सय २३, नेचासल्यान गाउँपालिकामा १३ सय २१ र लिखुपिके गाउँपालिकामा पाँच सय ९८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा छुटेका कर्मचारी, पत्रकार, जनप्रतिनिधिसहित ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ । बाँकी अन्य स्थानमा पनि छिट्टै खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]