सप्तरी – काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परिक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ ।
सोमबार महानगरले अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई उक्त मेसिन हस्तान्तरण गरेको हो । चीनको नानजिङ सहरले दिएको उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्था र राष्ट्रबाट प्राप्त मेसिन सरकारी अस्पतालहरुलाई प्रदान गर्ने महानगरको योजना अनुसार नै उक्त मेसिन बाल अस्पताललाई प्रदान गरिएको उनले बताए । शाक्यले छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह पनि गरे ।
मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा. पौडेलले पिसिआर मेसिन अहिलेको अवस्थामा निकै महत्वपूर्ण रहेको भन्दै विभिन्न रोगको अध्ययनमा पनि पिसिआर मेसिन प्रयोगमा ल्याइने बताए । उनले छिटै अस्पतालमा अक्सिजन प्लान्टको सुरुवात गर्ने जानकारी दिए ।
उनले कान्ति अस्पतालममा हालसम्म ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको र दुई जनाको ज्यान गएको जानकारी दि