०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०२, २०७७

काठमाडौं – सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवाली रहेका छन् ।उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक हुन् ।उनीहरुले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद लिएको छ । कम्पनीका ३ जना सचालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]