०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

डोटी – सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा गरी झण्डै डेढ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार माघ र फागुन महिनामा एक लाख ४९ हजार पाँच सय ७१ जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाएका हुन् ।सबैभन्दा बढी कैलालीमा ४० हजार तीन सय एक जनालाई कोरोनाविरुद्धको खोप दिइएको मन्त्रालयले जानकारी दिएको छ । बाजुरामा सवैभन्दा कम आठ हजार एक सय ९५ ले खोप पाएका छन् ।यस्तै कञ्चनपुरमा २४ हजार आठ सय ६४, अछाममा १३ हजार आठ सय पाँच, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार सात सय ३५, डडेल्धुराका १० हजार तीन सय ४०, दार्चुलामा नौ हजार आठ सय ८६ र डोटीमा १४ हजार तीन सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सरकारले हालसम्म स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजामती कर्मचारी र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम ल्याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]