३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौँ – नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल) मा भाग लिने सात फ्रेन्चाइज फुटबल टोली सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बैशाख ११ बाट सुरु हुने लिगमा भाग लिने टिमको सार्वजानिक गरिएको हो ।

एनएसएलमा विराटनगर, काठमाडौँ, ललितपुर, चितवन, पोखरा, बुटवल र धनगढीबाट एक-एक टिम सहभागी रहनेछन् । विराटनगरबाट विराटनगर सिटी फुटबल क्लब, काठमाडौँबाट काठमाडौँ रेजर्स र ललितपुरबाट ललितपुर फुटबल क्लब सहभागी हुनेछन् । त्यसैगरी, चितवनलाई एफसी चितवनले प्रतिनिधित्व गर्नेछ भने पोखराबाट पोखरा थन्डर्स एनएसएलमा रहनेछ । बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब क्रमशः बुटवल र धनगढी सहरका टोली रहनेछन् । काठमाडौँस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा भाग लिने क्लबहरुको स्वामित्व ब्यपारिक समूहहरुले लिएका छन् । विराटनगर सिटी एफसीको स्वामित्व अनुप रञ्जन भट्रराइको समूहले लिएको छ भने काठमाडौँ रेजर्सको मालिक मोरङ अटो वर्क्‍स रहेको छ । त्यस्तै भाटभटेनी सुपर मार्केटले ललितपुर फुटबल क्लबमा लगानी गरेको छ भने चितवन एफसीसँग आइएमई समूह संलग्न छ ।

उता पोखरा थन्डर्सको मालिक लक्ष्मी समूह रहेको छ भने बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लबको स्वामित्व क्रमशः राजकुमार तिमिल्सिना र सुवास शाहीको समूहसँग रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना हुने लिगका खेलहरु राउण्ड रोबिनमा खेलाइनेछन् । प्रत्येक टिमले स्वदेशीसँगै विदेशी खेलाडी पनि राख्न पाउनेछन् । खेलाडीको अक्सन हुनेछ जसबाट प्रत्येक टिमले तीन विदेशी सहित २० खेलाडी खरिद गर्न सक्नेछन् ।

एनएसएलको सद्भावना दुत बलिउड स्टार सोहेल खान रहेको र उनी पनि लिग हेर्न आउने कार्यक्रममा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]