भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको २ हजार ५ सय ९७ पिस सुट र अन्य सामाग्री सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २१ लाख ३६ हजार ४ सय २ रुपैयाँ बरावरको सामाग्री सहित उनीहरुलाई भजनी नगरपालिका(५ लौवास्ताबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ५ बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरुबाट मूल्य बराबरको २ हजार ५ सय ९७ पिस सुट, ५० थान दरी र ५ सय ४८ मिटर कपडा सहित वरामत गरेको प्रहरीले जनाएको छ । उजुरीको आधारमा प्रहरीले से १ त १५७६ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग पुर्याउने प्रदिपलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
बरामद सामान, ट्याक्टर र मोटरसाइकल सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।