
कजाकास्तानमा शनिवार सैन्य विमान एन–२६ दुर्घटनाग्रस्त भएको छ ।
राजधानी नूरसुल्तानबाट उडेको विमान अल्माटीमा अवतरण गर्ने बेलामा दुर्घटनामा परेको हो । घटनामा चारजनाको ज्यान गएको छ । विमानमा कुल ६ जना थिए । दुर्घटनाग्रस्त विमान आगोको मुश्लोमा परिणत भएको थियो ।
घाइते भएका दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । विमान कजाकास्तानको राष्ट्रिय सुरक्षा समितिको भएको बताइएको छ ।
(भिडियो)
https://twitter.com/W0lverineupdate/status/1370725318948884484?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1370725318948884484%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F137082%2F2021%2F3%2F14%2Finternational%2Fplane-crash