वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ ।
मुसहर टोलमा बस्नै आएकी ४५ वर्षे लक्ष्मिनिया देबि चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो ।बिहान ३ बजेको समयमा २–३ जनाको समूहमा आएका व्यक्तिहरूले घरको बार काटेर घरभित्र पसेर छुरा प्रहार गरेको बताइएको छ ।
घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।