१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

कावासोती – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन् ।

शनिवार पूर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्यिक कार्यक्रममा आई पुगेका थापाले पत्रकार सँग कुराकानी गर्दै यस्तो बताएका हुन । पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने “हाम्रो एउटै कुरा सरकारबाट केपी ओलीलाई विस्थापित गर्नु हो, त्यसपछि हामी काङ्ग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडी बढाउँछौ । अन्य दलको या जसपाको नेतृत्वमा सरकार बनाउने कुरा हल्ला मात्रै हुन । ” केपी ओलीको कारणले संविधान र सिङ्गो व्यवस्थामा अविश्वास पैदा हुन लागेको बताउँदै थापाले केपी ओली नेतृत्वको सरकारलाई बिदाइ गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

पत्रकार सँग कुराकानी गर्दै थापाले रामचन्द्र पौडेल, शंशाक कोइराला र कृष्णप्रसाद सिटौला मिलेर देउवालाई संसदीय दलको नेताबाट हटाउने हल्ला मात्रै भएको बताउँदै देउवा नेतृत्वको सरकार नै अहिलेको सङ्कटको समाधान रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]