काठमाडौं – काठमाडौंको टेकुमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ।
युवा नेत्र सेवाले आयोजना गरेको शिविरमा ३० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । झण्डै ६ सय व्यक्तिको आँखा जाँच गरिएको शिविरमा ३० जनाको शल्यक्रिया गरिएको हो । एक कप चिया दान अभियानले शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको हो ।