०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना युवक प्रक्राउ परेका छन् ।

२१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका–४ अकुवाटोलका १९ वर्षीय अविशेक दास थारूले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार महिलालाई जबरजस्ती करणी गर्न खोज्दा पीडितले प्रतिकार गरी घाँस काट्ने हँसिया दासमाथि प्रहार गर्न खोजेपछि अभियुक्त दास भागेका थिए । घटनाबारे महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी टोलीले प्रतिवादी अविशेक दास थारूलाई खोजतलाश गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीविरूद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले बताए । यता पर्साको सखुवाप्रसौनी गाउँपालिकाका एक युवकलाई जवरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सखुवापर्सौनी गाउँपालिका–५ बलुवा टोलका १८ वर्षीय रोशनकुमार यादवले एक १६ वर्षीया किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरेको पीडितका बुवाले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । यादवले ललाई फकाई बालिकालाई भारतको गोरखपुर भन्ने ठाउँमा लगि डेरामा राखी पटकपटक करणी गरेको र पछि पीडित वालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको भन्ने थाहा पाएपछि पीडित बालिकालाई आफ्नो घर फर्कन बाध्य बनाएको पीडितका बुवाले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

पीडितको जोहरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवलाई खोजतलास गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर उनीविरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]