बझाङमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए । आरोपितलाई भाग्दै गर्दा जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको उनको भनाइ छ ।
उनीविरूद्ध जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।