सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्तिलाई १० वर्षपछि पक्राउ गर्न सफल भएका छन् ।
छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.– १ बिरपुरका ४५ वर्षीय भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।
उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता रहेकाे परिवारजनले बताएका छन ।यता अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
यता अपहरित युवक सन्जिव हाल सम्म वेपता रहेकाले परिवारजन चिन्तित रहेकाे उनका दाइ रन्जित कुमार साहकाे भनाइ रहेकाे छ ।