१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा लियोनल मेस्सीको कीर्तिमान भंग गरेका छन् ।

बुधबार राती बार्सिलोनाविरुद्व एक गोल गरेसँगै एमबाप्पेको च्यामिपयन्स लिगमा २५ गोल पुगेको छ । जुन च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरको खेलाडीले गरेको २५ औँ गोल हो । मेस्सीले २२ वर्ष २८६ औँ दिनको हुँदा च्याम्पियन्स लिगमा २५ औँ गोल गरेका थिए । एमबाप्पेले मेस्सीको कीर्तिमन २२ वर्ष ८० दिनको छँदा भंग गरे ।च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एमबाप्पेले बार्सिलोनाविरुद्व ह्याट्रिक गरेका थिए । पीएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन एमबाप्पेले घरेलु मैदानमा पनि गोल गरे ।

बार्सिलोनालाई समग्रमा ५-२ को अन्तरले हराउँदा एमबाप्पेले कुल चार गोल गरे । एकै सिजन बार्सिलोनाविरुद्व चार गोल गर्ने एमबाप्पे पहिलो खेलाडी हुन् । नेयमार चोटका कारण मैदान बाहिर हुँदा एमबाप्पेले पीएसजीको मुख्य फरर्वाडको भूमिक निभाइरहेका छन् । उनले फ्रेन्च लिग वानका पछिल्ला सात खेलमा छ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]