इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४-० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो ।बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको थियो ।हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।
लिभरपुलले अन्तिम २० मिनेट भित्र दुई गरेको थियो । ७०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।त्यसको चार मिनेटपछि मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।