१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक १५, २०७७

सप्तरी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ११ दिनपछि शनिबार भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले तत्लका सचिवालय बैठक बोलाउन ओलीलाई दबाब दिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजको छलफलमा समसामयिक विषयवस्तु छलफल भएको छ । जसमा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

यी विषयलाई सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने माग प्रचण्डले गरेका हुन् । सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

उनले भने, “सचिवालय बैठक फेसनका लागि होइन । आवश्यकताका लागि बस्‍ने हो । अहिले कोरोना महामारी थप बढ्दै गएको छ । सचिवालय बैठक आवश्यकता अनुसार बस्‍नका लागि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्छ ।”

पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाएका छन् ।

यसअघि ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]